Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको निर्देशन

एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • १९:१०:५० बजे
  • 385
    SHARES
  • एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको निर्देशन

    नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक हप्ताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

    images

    पार्टी महासचिव डा बेदुराम भुसालले बुधबार निार्वचन विशेष सर्कुलर जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

    सर्कुलरमा भनिएको छ– ‘हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला ।

    उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ ।’ जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।

    ‘निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नु होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमानदारिता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला ।

    निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला’, सर्कुलरमा भनिएको छ ।

    सत्ता गठबन्धनसँग मिलेर एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जितेको छ । देशभरि एकीकृत समाजवादीले यसपालि २० पालिकामा मेयर र अध्यक्ष जितेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology