Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको चुनौती: ‘वाइडबडी प्रकरण’मा कारवाही गरेर देखाउ

ओलीको चुनौती: ‘वाइडबडी प्रकरण’मा कारवाही गरेर देखाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७९ बिहिवार • १३:५८:१९ बजे
  • 415
    SHARES
  • ओलीको चुनौती: ‘वाइडबडी प्रकरण’मा कारवाही गरेर देखाउ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वाइडबडी प्रकरण’बारे अनुसन्धान गरेर कारवाही गर्न सरकारलाई चुनौती दिएका छन् । संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजबाट सुरु भएको छलफलमा भाग लिँदै ओलीले ‘वाइडबडी प्रकरण’बारे छानविन गरेर कारवाही गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

    images

    ओलीले वाइडबडी मात्र नभएर बालुवाटार जग्गा प्रकरण र यति प्रकरणको पनि छानविन गरेर कारवाही गर्न चुनौती दिएका हुन् । वाइडबढी, बालुवाटार गज्जा प्रकरण र यति प्रकरणमा एमाले नेताहरुको संलग्नता रहेको आरोप लागिरहेको बेला ओलीले छानविन गरेर कारवाही गर्न सरकारलाई चुनौती दिएका हुन् ।

    छलफलका क्रममा ओलीले भने– ‘वाइडबडी, बालुवाटार जग्गा र यति प्रकरणमा एमालेले भ्रष्टाचार गरेको आरोप लाग्ने गरेको छ । म यो संसदबाटै चुनौती दिन चाहन्छु– यी प्रकरणहरुमा छानविन गरेर कारवाही गर्न सरकारलाई चुनौती दिन्छु । सरकारले सक्छ भने कारवाही गरेर देखाओस ।’

    ओलीले आफूमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको भन्दै प्रमाणित गर्न समेत चुनौती दिएका छन् । एक टेलिभिजन अन्तवार्ताको क्रममा पत्रकारले सोधेको प्रश्नप्रति चित्त दुखाउँदै ओलीले भने– ‘देशका लागि आफ्ना सम्पूर्ण सम्पति दान गर्ने मैले कहाँ भ्रष्टाचार गरे ? यदि, मैले भ्रष्टाचार गरेरेको कसैसँग प्रमाण भए यही संसदमा पेस गर्न चुनौती दिन्छु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology