Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौं महानगरको मेयरमा बालेन, उपमेयरमा सुनिता निर्वाचित

काठमाडौं महानगरको मेयरमा बालेन, उपमेयरमा सुनिता निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • ०९:३४:५७ बजे
  • 544
    SHARES
  • काठमाडौं महानगरको मेयरमा बालेन, उपमेयरमा सुनिता निर्वाचित

    काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् ।

    images

    स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् ।

    नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन् ।

    उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology