Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इटालियन गायिकाको भिडियो निर्देशन गरेपछि थप चर्चामा कुशल

इटालियन गायिकाको भिडियो निर्देशन गरेपछि थप चर्चामा कुशल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • १२:१३:२७ बजे
  • 1.5K
    SHARES
  • इटालियन गायिकाको भिडियो निर्देशन गरेपछि थप चर्चामा कुशल

    यतिखेर बेलायतमा एकपछि अर्को म्यूजिक भिडियो निर्देशनले भ्याइनभ्याइ छ युवा निर्देशक कुशल श्रेष्ठलाई । कुशलका आधा दर्जन नेपाली म्यूजिक भिडियो रिलिजको पर्खाइमा छन्भ, ने तीनवटा निर्माणाधीन छन् । तर, यो साता उनले आफ्नो करिअरको दुई दशक अवधिमा पहिलोपटक एउटा महत्वकांक्षी प्रोजेक्ट गरे ।

    images

    इटालियन गायिकाको अंग्रेजी गीतमा कुशलले भिडियो निर्देशन गरे लन्डनमा । इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतमा कुशलले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

    टिनएज इटालीमै बिताएकी फेडस्टारले ५ वर्षदेखि बालबालिकाको गायन प्रतियोगितामा भाग लिन थालेकी थिइन् । गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टारसहित जोन फ्रयांकको अभिनयमा बनाइएको म्यूजिक भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन् ।

    कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्यूजिक प्रोड्युसर हुन् सर्जिओ कार्कासी । उक्त गीतको बीचतिर स्पेनिस भाषाको रयापमा जोन फ्रयांकको फिचरिंग छ । ‘मैले आफ्नो २ दशकको करिअरमा पहिलोपटक अंग्रेजी म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादनको सम्पूर्ण जिम्मा लिने अवसर पाउंदा ज्यादै खुशी छु’, कुशलले अनुभव सुनाए, ‘उनीहरु एकदम व्यवसायिक थिए ।

    पारिश्रमिकसहित छायांकन समय, लोकेशन र प्रोजेक्ट समापन सबै सम्झौता गरेर काम गर्दा थप दायित्ववोध महशुस गरेँ ।’ विगतमा पनि भारतीय, बंगाली, पाकिस्तानी साथै अंग्रेजी प्रोजेक्टमा काम गरेपनि अंग्रेजीको सम्पूर्ण जिम्मेवारी लिएको यो पहिलो भएको कुशल बताउंछन् ।

    ‘पन्जावी गीतमा काम गर्दा प्रभावित भएर त्यसका गायकले उनीहरुलाई सिफारिस गरेका रहेछन् । कुशल भन्छन्, ‘मैले आफ्नो निर्देशकीय क्षमता पूर्ण रुपमा लगाएको छु । उनीहरु मेरो कामबाट प्रभावित भएका छन् ।’ म्यूजिक भिडियो छायांकन सेन्ट्रल लन्डन आसपासमै गरिएको हो ।

    उनले आउँदो महिना उर्दु गीतमा समेत म्यूजिक भिडियो बनाउन कुराकानी भइरहेको जनाए । बेलायतका ‘हाइल्ली डिमाण्डेड’निर्देशक तथा सञ्चारकर्मी कुशल विदेशमा बसेर पनि निरन्तर कलाकारितामा समर्पित हुने सम्भवतः पहिलो श्रष्टा हुन् ।

  • सम्बन्धित विषय:

  • # इटालियन गायिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology