Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यातायात र पर्यटन बाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसके : राष्ट्र बैंक

यातायात र पर्यटन बाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसके : राष्ट्र बैंक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • १२:३१:४७ बजे
  • 526
    SHARES
  • यातायात र पर्यटन बाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसके : राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले कोभिड–१९ को महामारीको प्रभाव मुलुकमा यातायात र पर्यटन बाहेकका अन्य क्षेत्रहरु पुनरुत्थान भइसकेको बताएको छ ।

    images

    हालैमात्र चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गरेको बैंकले अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसकेको बताएको हो ।

    केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८÷७९ मा कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने अनुमान गरिसकेकाले कोभिड–१९ पछि प्रायः सबैजसो व्यवसायिक तथा उत्पादनका क्षेत्रहरु पुनरुत्थान भइसकेको राष्ट्र बैंकको भनाइ छ ।

    यद्यपि, चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको सिस्सा ९०.७३ प्रतिशत रहेकोमा मुद्रास्फीति (बजार महँगी) बढेर ७.७ पुगेको बताएको छ ।

    यस्तो मुद्रास्फीति चालु आर्थिक वर्षको अन्तसम्ममा ११.५ प्रतिशतसम्म पुग्न सक्ने बैंकले प्रक्षेपण गरेको छ ।

  • सम्बन्धित विषय:

  • # यातायात र पर्यटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology