Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

भरतपुरका मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

भरतपुरका मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • १७:२६:५६ बजे
  • 625
    SHARES
  • भरतपुरका मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

    चितवनको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।

    images

    उनका बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको हो । उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो ।

    दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो । टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ ।

    उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरीको भनाइ छ । दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएपछि काठमाडौं आएकी हुन् । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology