Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेलाई निर्वाचनले गतिलो जवाफ दियो : प्रचण्ड

एमालेलाई निर्वाचनले गतिलो जवाफ दियो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०७९ शनिवार • १२:२९:३१ बजे
  • 547
    SHARES
  • एमालेलाई निर्वाचनले गतिलो जवाफ दियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका छन् ।

    images

    संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन नै नहुने हो कि भन्ने चिन्ताको विषय रहेको बेला सम्पन्न निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका हका हुन् ।

    नेकपा एमालेप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘विगतमा संविधान मास्ने काम भएको थियो । संविधान मास्न चाहनेहरुलाई जनताले निर्वानमार्फत गतिलो जवाफ दिएका छन् ।’

    निर्वाचनमार्फत जनताले संविधान मास्न खोज्नेहरुलाई सवक सिकाएको भन्दै प्रचण्डले संविधानको रक्षा र कार्यन्वयनको सन्दर्भमा नेपाली जनता यसरी नै अघि बढ्ने पनि बताए ।

    उनले सबैले सफल निर्वाचन भएको बताउँदा र सबैले सहभागी जनाएको स्थानीय तहको निर्वाचनमा मतगणना हुँदै गर्दा मतपरिणाम आफ्नो पक्षमा नआउँदा एमालेले आक्रोश पोखेको दावी गरे।

    सरकारको नीति तथा कार्यक्रमाथि छलफल भइरहेको प्रतिनिधसभा बैठकमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले एमालेलाई जवाफस्वरुप उक्त भनाइ राखेका हुन् । ‘जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएको छ ।

    यहाँ केही कमजोरी भएका छन् भने हामी सबैले आत्मसमीक्षा गर्ने पर्छ । सबै राजनीतिक दलहरुले आआफ्नै ठाउँबाट आत्ममीक्षा गर्न जरुरी छ ।

    सरकारले पनि केही कमजोरी गरेको छ भने त्यसको आत्मसमीक्षा गर्नेपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘आउने दिनमा त्यो गल्तीलाई करेक्सन गर्ने तदारुकता देखाउनुपर्छ । तर मूलभूत रुपमा सफल भएको र हामी सबै सहभागी भएको मतगणना हुँदै गर्दा मतपरिणाम निक्लिँदै जाँदा आफ्नो पक्षमा नआउने देखिएपछि अनि सरकारमाथि धारेहात लगाउने तरिका बिल्कुल बेठिक छ भन्ने मेरो बुझाइ छ।’

    नेकपा एमालेले यदी सरकारको कमजोरी भएको पत्तो पाएको भए निर्वाचन हुँदै गर्दा किन नभनेको भन्दै अध्यक्ष प्रचण्डले प्रश्नसमेत गरेका छन् ।

    ‘यदी त्यसो हो भने किन समयमा कुरा उठेन ? मतदान भयो । मतदातालाई धन्यवाद पनि दियौँ। मतगणना हामीले कुनै इलोक्ट्रोनीक साधनले गरेको होइन,’ उनले भने, ‘अहिलेको परिस्थितिमा मतगणना हुँदै जाँदा परिणाम अनुकुल नहुँदा एक अर्कामा दोसारोपाण गर्नु बिल्कुल ठिक होइन।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology