Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीलाई प्रचण्डको प्रश्न: ‘हत्या गरेर जेल बसेको होइन भनेर सोध्यो भने के हुन्छ ?

ओलीलाई प्रचण्डको प्रश्न: ‘हत्या गरेर जेल बसेको होइन भनेर सोध्यो भने के हुन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०७९ शनिवार • १२:३४:१३ बजे
  • 1.4K
    SHARES
  • ओलीलाई प्रचण्डको प्रश्न: ‘हत्या गरेर जेल बसेको होइन भनेर सोध्यो भने के हुन्छ ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रकृयाको मर्मविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

    images

    संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रचण्डले ओलीले निर्वाचनको विषयलाई लिएर शान्ति प्रकृयाको मर्मविपरीत धारण राख्ने गरेको बताएका हुन् ।

    नीति तथा कार्यक्रमको छलफलका क्रममा ओलीले जनयुद्धसँग जोडिएका विषय जोडेर राखेका धारणाप्रति असहमित जनाउँदै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

    प्रचण्डले भने– ‘हामी यहाँ त्यसै छैनौं । शान्ति सम्झौताका कारण यहाँ छौं । यो समान्य कुरा होइन । ओलीजीले जे विषय राख्नु भयो त्यो शान्ति प्रकृयाको मर्मविपरीत छ ।

    मान्छे मारेको, बोरामा कोचेको जस्ता विषय के हो ? यो शान्ति प्रकृयाको मर्मविपरीत छ ।’ प्रचण्डले ओलीलाई ‘मान्छे मारेर जेल बसेको होइन ?’ भनेर प्रश्न गर्दा के हुन्छ भनेर प्रश्न समेत गरेका छन् ।

    प्रचण्डले भने– ‘शान्ति प्रकृयाको मर्मविपरीत बोल्नेलाई हिजो मान्छे मारेर जेल बसेको होइन ? भन्दै प्रश्न गर्दा के हुन्छ ? त्यो ठिक हुन्छ त ? त्यो ठिक हुँदैन । तर, आज जसरी प्रस्तुत हुनु भएको छ त्यो ठिक होइन ।’

    केपी शर्मा ओलीलाई झापा बिद्रोहका क्रममा एक व्यक्तिको हत्या गरेको आरोप लाग्ने गरेको छ । प्रचण्डले यसै विषय संसदमा उठाएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology