Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लोकतन्त्र र संविधानलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ:ओली (बिज्ञप्ति)

लोकतन्त्र र संविधानलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ:ओली (बिज्ञप्ति)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०७९ आइतवार • १०:११:५० बजे
  • 649
    SHARES
  • लोकतन्त्र र संविधानलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ:ओली (बिज्ञप्ति)

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको अघिल्लो सरकारले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धितर्फ अग्रसर गरेको दावी गरेका छन् ।

    images

    १५औँ गणतन्त्र दिवसको अवसरमा सुभकामना व्यक्त गर्दै उनले आफू र एमालेले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीलाई मजबुदीका साथ अवलम्बन गरेको बताएका हुन् ।

    सुभकाना दिँदै उनले भनेका छन्, ‘गत आम निर्वाचनबाट बनेको एमालेले नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघिय लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको थियो।’

    त्यस्तैगरी अध्यक्ष ओलीले एमालेको सरकारले राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरमा संविधानप्रतिको स्वीकार्यता बनाउन सफल भएको दावी गरेका छन् ।

    उनले लोकतान्त्रिक गणतन्त्रमाथि संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरि संविधान र प्रणालीको अतिरिक्त व्याख्या अपव्याख्याद्वारा प्रहार गर्ने प्रयासहरु भइरहेको पनि आरोप लगाएका छन् ।

    (बिज्ञप्ति)

    oli-4.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology