Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अफ्रिकामा एउटा यस्तो रुख छ रुखलाई काट्दा रगत आउँछ

अफ्रिकामा एउटा यस्तो रुख छ रुखलाई काट्दा रगत आउँछ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १०:३८:२५ बजे
  • 2.2K
    SHARES
  • अफ्रिकामा एउटा यस्तो रुख छ रुखलाई काट्दा रगत आउँछ

    रुख काट्दाखेरी काण्ड वा हाँगाहरुबाट खोटो तथा पानी निस्किनु त स्वभाविकै हो । तर अफ्रिकामा एउटा यस्तो रुख छ जसलाई काट्दा ‘रगत’ निस्किन्छ ।

    images

    अफ्रिकामा पाइने यस रुखको नाम ब्लडउड ट्री हो । साथै यसलाई किआट मुकवा तथा मुनिंगा लगायतका नामले पनि चिनिन्छ । यो रुखको वैज्ञानिक नाम सेरोकार्पस एंगोलेलेनसिस हो । यो अनौठो रुख दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशहरुमा पाइन्छ ।


    यो रुख काट्दा मात्र होइन यसको हाँगा भाँचिदा पनि रगत जस्तै रातो रङको तरल पदार्थ निस्किन्छ । यो वनस्पतीको रुख १८ मिटरसम्म अग्लो हुन्छ । रुखमा निकै धेरै पातहरु हुन्छन् र पहेँलो रङको फूल फुल्दछ । यो रुखको काठबाट निकै महंगो खालका फर्निचरहरु बनाइन्छ । यसको काठ सजिलैसँग मोड्न सकिन्छ भने खुम्चिएर फर्निचर बिग्रिने जोखिम पनि नहुने भएकाले विशेष खालका फर्निचरहरु बनाउन प्रयोग गरिन्छ ।

    यो रुखका बोक्रा लगायतका भागहरु औषधिको रुपमा पनि प्रयोग गरिने भएको हुँदा यसलाई जादुमय रुख पनि भनिन्छ । छालाको दाददेखि आँखाको समस्या, पेटको समस्या, मलेरिया तथा गम्भीर चोटपटकमा समेत यसको प्रयोग गरिन्छ । एजेन्सीको सहयोगमा

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology