प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् ।
आइतबार १५औँ गणतन्त्र दिवशको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताको साथ र सहयोग आवश्यक हुने बताए ।
२०६२÷०६३ को जनआन्दोलन र राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको उनको भनाइ छ ।
स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको उनले बताए ।