Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा

वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०७९ आइतवार • २०:२७:०८ बजे
  • 511
    SHARES
  • वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा

    पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)क संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

    images

    संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा ६८ वर्षभन्दा माथि उमेर समूहका लागि वृद्धभत्ताको व्यवस्था गरिएको उल्लेख छ ।

    उक्त बजेटबारे प्रतिक्रिया दिँदै डा.भट्टराईले आफूले वृद्धभत्ता नलिने घोषणा गरेका हुन् । उनले भने- मैले एउटा कुरा भन्नै पर्छ । म अब ६८ वर्ष पुगिसके ।

    ६८ वर्ष पार गरिसकेकाले मैले पनि वृद्धा भत्ता पाउने भएँ । म वृद्धाभत्ता लिएर जनतामाथि बोझ थुपार्न चाहन्नँ । त्यो चाहिँ म नलिने घोषणा गर्दछु ।’

    उनले सामाजिक सुरक्षा भत्ता पूरानै ढंगले आएको बताए । उनले भने, ‘यो घटाउन आवश्यक थिएन । यस्ता छरिएको सामाजिक सुरक्षा भन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पथ्र्यो । पूरानै ढंगले आयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology