Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०७९ आइतवार • २०:३१:५४ बजे
  • 463
    SHARES
  • सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

     सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ ।

    images

    अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी वर्षको बजेटमा कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक पढेका एक–एक जना जनशक्ति उपलब्ध गराउने तथा प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गराउने उल्लेख छ ।

    कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा आत्मानिर्भरताका लागि कृषि उत्पादनको कार्यक्रमलाई उच्च प्राथमिकता दिएको हो ।

     

    नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए ।

    किसानलाई कृषि र सहकारीमार्फत एकीकृत गरी खेतीयोग्य जमिन र बाँझो जग्गालाई प्रयोग गरी कृषि उत्पादन बढाउने शर्माले बताए ।

    कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि यस क्षेत्रको व्यवसायीकीकरण, आधुनिकीकरण र यान्त्रीकरण गरिने भएको छ ।

    सरकारले कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्न प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसहितको उच्चस्तरीय संयन्त्र निर्माण गर्नेसमेत बताएको छ ।

    सरकारले कृषकलाई सरल र सहजरूपमा बीउ, मल, प्रविधि र सिँचाइ उपलब्ध गराउने, लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, कृषि बिमा गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने र बजारको व्यवस्था गर्नेलगायतका कार्यक्रमलाई अगाडि सारेको छ ।

    यस्तै कृषि उत्पादनदेखि बजारीकरण गर्न श्रम सहकारीमा आवद्ध गरी कम्तीमा ३०० कृषि स्वयंसेवक तयार गर्ने जनाएको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बाँझो जग्गालाई कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने, कृषिको रुपान्तरण अभियानमा उत्कृष्ट हासिल गर्ने प्रत्येक प्रदेशका तीन स्थानीय तहलाई रु पाँच करोड नगद प्रोत्साहन अनुदान उपलब्ध गराउने अर्थमन्त्री शर्माले बताए ।

    सरकारले आर्थिक वर्ष २०७९–८० मा कृृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि रु १० अर्ब विनियोजन गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology