Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारले ओलीको निर्वाचन क्षेत्रका योजना कटायो

सरकारले ओलीको निर्वाचन क्षेत्रका योजना कटायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १०:४७:१३ बजे
  • 1.1K
    SHARES
  • सरकारले ओलीको निर्वाचन क्षेत्रका योजना कटायो

    सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका केही अयोजना कटौती गरेको छ ।

    images

    सरकारले आज संसदमा प्रतुत गरेको २०७९/८० को बजेटमा ओलीको गृहनगर र निर्वाचन क्षेत्रमा नयाँ योजना नपर्नुको साथै अघिल्लोपटक परेका केही योजना कटौती गरेको हो ।


    ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७८/०७९ को बजेटमा दमकमा ३५ हजार दर्शक अँट्ने अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माणलाई समावेश गरेको थियो ।

    दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा निर्माण हुने भनिएको मदन भण्डारी अन्तर्राष्ट्रि रंगशालाको लागि सरकारले बजेट विनियोजन नगरेको हो । मदन भण्डारी रंगशालाको नाममा पटकपटक बजेट विनियोजन भएपनि काम भने हुन नसकेपछि गत वर्ष यो रंगशाला दमक–३ मा निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । यसपटक भने यो रंगशाला बजेटमै समावेश भएन ।

    कमल गाउँपालिका–५ मा निर्माण हुने आदिवासी रंगशालामा नाम विवाद भएपछि यो रंगशाला ओली नेतृत्वको सरकारले दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा निर्माण गर्ने निर्णय गरेको थियो । सुरुमा आदिवासी रंगशाला नाम राख्ने सहमति भए पनि पछि ओलीले मदन भण्डारी अन्तर्राष्ट्रि रंगशालामा नाम परिवर्तन गरेपछि विवाद उत्पन्न भएको थियो ।

    ओलीले नेतृत्वको सरकारले अघिल्लोपटक अध्यादेशमार्फत ल्याएको बजेटमा बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराई वहुआयामिक विकास गर्न दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन प्याराडाइज स्थापना गर्ने उल्लेख गरेका थिए । यसपटक यो योजना बजेटमा समावेश हुन सकेन । यो योजना सरकार परिवर्तनपछि कार्यान्वयन हुन सकेको थिएन ।

    ओली नेतृत्वको सरकारले गत वर्ष ल्याएको बजेटमा दमकमा बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण गर्न उल्लेख गरेको थियो । यसपटक भने यो योजना पनि अघि बढ्न सकेन ।

    दमकमा यसपटक एउटा पुरानो योजना मात्र बजेटमा समावेश भएको छ । दमकमा निर्माण गर्ने भनिएको नेपाल–चीनमैत्री औद्योगिक पार्क लागि बजेट विनियोजन गर्ने उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology