Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिरियल अभिनयमा भित्रिए ‘मिदी भाइ’ नवराज

सिरियल अभिनयमा भित्रिए ‘मिदी भाइ’ नवराज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १२:५८:१० बजे
  • 1.3K
    SHARES
  • सिरियल अभिनयमा भित्रिए ‘मिदी भाइ’ नवराज

    म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी  ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए ।

    images

    सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले बताए ।

    ‘मलाई सिरियल खेल्न मन छ भनेर रेम्मीले धेरै पटक फोन गरेर रिक्वेष्ट गरेपछि सिरियलमा अभिनय गर्न अवसर दिएका हौँ’ निर्देशक श्रेष्ठले भने ‘अब केही भागमा उनी देखिनेछन् ।’

    अहिले सिरियलमा म्यादीकै पोसाकमा भित्र्याएको भएपनि अब कुनै रमाइलो पत्रको रुपमा अगाडि ल्याउने श्रेष्ठको भनाई रहेको छ ।


    कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय रेग्मी म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए । उनले म्यादी पोसाकको भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो ।

    तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ, बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’

  • सम्बन्धित विषय:

  • # ‘मिदी भाइ’ नवराज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology