Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१८ वर्षिय मोडल सरस्वतीले गरिन् आत्महत्या

१८ वर्षिय मोडल सरस्वतीले गरिन् आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १५:००:०६ बजे
  • 1.1K
    SHARES
  • १८ वर्षिय मोडल सरस्वतीले गरिन् आत्महत्या

    केही दिनयता बंगाली मोडल तथा अभिनेत्रीका निधनको खबर लगातार सार्वजनिक भइरहेका छन् । यस्तैमा १८ वर्षिय मोडल सरस्वती दासले पनि आत्महत्या गरेकी छन् ।

    images

    उनलाई उनकी हजुरआमाले आइतबार कोठामा झुन्डिएको अवस्थामा भेटाएकी हुन् । हजुरआमाले सहयोगीका मद्दतले उनलाई तुरुन्तै सीइनएमसी अस्पताल पुर्याएकी थिइन् ।

    अस्पताल पुर्याउनु पहिले नै उनको निधन भएको बताइन्छ । पुलिस अधिकारीले यो घटनाको अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको छ । तर अहिलेसम्म सुसाइट नोट भेटिएको छैन ।

    सरस्वतीका आफन्तले पुलिस अधिकारीलाई उनी कोठाको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology