Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान

स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • १०:४३:४३ बजे
  • 877
    SHARES
  • स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान

    कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ ।

    images

    सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो ।

    माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए ।

    अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए ।

    माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology