Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन

‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • १३:०६:१६ बजे
  • 1.2K
    SHARES
  • ‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन

    नेपाली फिल्म ‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ । मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै मंगलबार चावहिलस्थित केएल टावर अगाडि फिल्म ‘कबड्डी–४’ विरुद्ध प्रदर्शन गरिएको हो ।

    images

    कबड्डी–४ फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो ।


    प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।

     

    प्रदर्शनको क्रममा उनीहरूले कबड्डी–४ को पोष्टर समेत जलाएका थिए। हाल त्यहाँ ६०–७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology