Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्री आलेद्वारा तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपाने बर्खास्त

मन्त्री आलेद्वारा तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपाने बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • १४:३०:०० बजे
  • 1.2K
    SHARES
  • मन्त्री आलेद्वारा तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपाने बर्खास्त

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ ।

    images

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् ।

    अध्यक्ष न्यौपानेलाई ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेको थियो । अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ ।

    समितिको ऐनमा अध्यक्ष पद आलङ्कारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology