Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीलाई भेट्न उनकै निवास बालकोट पुगे बालेन

ओलीलाई भेट्न उनकै निवास बालकोट पुगे बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • १९:४६:३६ बजे
  • 1.1K
    SHARES
  • ओलीलाई भेट्न उनकै निवास बालकोट पुगे बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बालेन ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।

    images

    ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार निर्वाचनको अन्तिम मतपरिणाम आउनु अघि नै बालकोट पुगेका थिए । स्रोतका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो ।

    पाँच जनाको टिम सहित बालकोट पुगेका बालेनले केहीबरे सामूहिक भेटघाट गरेका थिए । त्यसपछि बालेर र ओलीबीच ‘वान टु वान’ कुराकानी भएको थियो ।

    बज्राचार्यले भने, ‘उहाँ (बालेन) आफ्नो टिमसहित आउनु भएको थियो । केहीबेर सामुहिक भेटघाट भयो । त्यसपछि अध्यक्षज्यूसँग बालेनले एक्लै भेट्नु भयो ।’ ओली र बालेनको ‘वान टु वान’ वार्ता के विषयमा भयो भन्ने खुलाइएको छैन । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् ।

    बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकाले बालेनलाई ओलीले शुभकामना दिएका थिए । आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलोपटक ओलीलाई भेट्न बालकोट आएको बालेन समुहले बताएको थियो ।

    भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो । तस्वीर प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

    उनले तस्वीर सार्वजनिक गर्दै क्याप्सन लेखेका छन्, ‘अर्थपूर्ण भेट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर ।

    फेरि पनि बधाई छ बालेनजी ।’ यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वतन्त्रतर्फबाट काठमाडौं महानगरको मेयर निर्वाचित बालेन पार्टीका प्रवेश गर्न लागेका त हैनन् भनेर आशंका गर्न थालिएको छ । दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology