Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • १०:०८:३३ बजे
  • 1.1K
    SHARES
  • विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

    नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ ।

    images

    असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

    पार्टीका केन्द्रीय सदस्य ओम पुनका अनुसार असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको छ ।

    नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो ।

    जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology