Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण

माओवादीद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • १३:३६:२४ बजे
  • 1.4K
    SHARES
  • माओवादीद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण

     नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ ।
    बुधबार काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायतले प्रशिक्षण दिनेछन् ।

    images


    कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।


    बुधबार र बिहीबार दुई दिनसम्म चल्ने प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी रहने माओवादी केन्द्रले जनाएको छ ।

    उदघाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology