Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘कबड्डी ४’को कमाई पाँच दिनमै १० करोड ग्रस

‘कबड्डी ४’को कमाई पाँच दिनमै १० करोड ग्रस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • १४:२२:३० बजे
  • 1.2K
    SHARES
  • ‘कबड्डी ४’को कमाई पाँच दिनमै १० करोड ग्रस

    चलचित्र ‘कबड्डी–४’ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रले सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान गरेको हो । रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको यस चलचित्रले पाँच दिनमा अनुमानित १३ करोड रुपैयाँ कलेक्सन गरेको फिल्मका वितरक गोविन्द शाहीको भनाई छ ।

    images

    यो चलचित्रले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको हो । पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमाएको छ । ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।

    नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ ।

    छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ । ‘छक्कापञ्जा’का तीनैवटा श्रृंखला, ‘कोहिनुर’, र ‘छ माया छपक्कै’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो ।

    ‘ए मेरो हजुर ३’को कुल ग्रस कमाइ ९ करोड रुपैयाँ छ । दोस्रो साता कमाइको स्थिर ट्रेन्ड कायमै रहे ‘कबड्डी ४’ले छक्कापञ्जा तीनको कीर्तिमानलाई छोड्नेछ । तर दोस्रो साता नयाँ फिल्म समेत रिलिज हुने भएकाले ‘कबड्डी ४’लाई चुनौती पनि छ । तर विश्लेषकहरुले यो फिल्मको लाइफटाइम कलेक्सन ‘छक्कापञ्जा ३’भन्दा बढी हुने अनुमान गरेका छन् । बुधबार पनि ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत कायम छ ।

    मोफसलका सिंगल स्क्रिनमा विकडेजमा अकुपेन्सी ड्रप भए पनि मल्टिप्लेक्स चाहिं अकुपेन्सी घटेको छैन । गत शुक्रबार रिलिज भएको फिल्म ‘कबड्डी ४’ले तीन दिन लगातार हाउसफुलको व्यापार गरेको थियो ।

    कबड्डी–४ फिल्मप्रति दर्शकको आकर्षण घटेको छैन । रामबाबु गुरुङद्वारा निर्देशित कबड्डी–४ करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो । यो चलचित्रले डिजिटल राइट्स र ओभरसिज राइट्स बेचेर रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology