Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेसमा अंहकार बढे एमालेकै जस्तो हालत बनाइदिने प्रचण्डको चेतावनी

कांग्रेसमा अंहकार बढे एमालेकै जस्तो हालत बनाइदिने प्रचण्डको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • १८:२९:१८ बजे
  • 922
    SHARES
  • कांग्रेसमा अंहकार बढे एमालेकै जस्तो हालत बनाइदिने प्रचण्डको चेतावनी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले जस्तै नेपाली कांग्रेसले दम्भ देखाउनु नहुने बताएका छन् । माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

    images

    स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका हुन् ।

    उनले भने, ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्, कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

    कांग्रेस पनि एमालेमाजस्तै अंहकार र दम्भ चुलिएर विद्रोह गर्ने प्रचण्डको चेतावनी दिए । उनले भने, ‘अंहकार दम्भ आयो भने त्यसविरुद्ध फेरि विद्रोह गर्ने हो ।

    हामी त निरन्तर क्रान्तिकारी सिन्द्धान्तवाला परियो ज-जसमा आउँछ त्यसैलाई ठोक्दै जाने हो । ठगबन्धनको बैठमा यो कुरा गम्भीर ढंगले उठाइएको छ ।’ कांग्रेस र कांग्रेसका नेतालाई अहंकार र दम्भ नपाल्न अनुरोध गरेका छन् ।

    आगामी निर्वाचनसम्म नै माओवादीले गठबन्धन बनाएरै अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि कांग्रेसले चुलिँर्दै गएको दम्भ र अहंकार त्याग्नुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेसमा अंहकार बढे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology