Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेका तीन नेतामाथि कारबाही

एमालेका तीन नेतामाथि कारबाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • १८:३०:५४ बजे
  • 919
    SHARES
  • एमालेका तीन नेतामाथि कारबाही

    स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा तीन नेता कार्यकर्तालाई एमालेले कारबाही गरेको छ ।

    images

    पोखरा महानगरपालिकाको निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवारलाई सघाएर जिताएको आरोपमा एमालेको कास्की कमिटीले बुधबार तीन जनालाई कारबाही गरेको हो ।

    कारबाहीमा पर्नेहरुमा वडा नम्बर ३३ कमिटीका उपाध्यक्ष, महेश अर्याल, वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी र पोखरा ३३ का प्रशान्त आचार्य छन् ।

    उनीहरुलाई संगठित सदस्यबाट निलम्बन गरिएको एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बताए । पोखराको मेयरमा एमालेका उम्मेदवार कृष्ण थापालाई हराउँदै एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका थिए ।

    एमालेकै भोटले आचार्य निर्वाचित भएको विश्लेषण गरिएको छ । चुनावमा अन्तर्घात भएको पुष्टि हुने अडियो समेत चुनावपछि सार्वजनिक भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology