Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन

माओवादी जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • २०:०७:२४ बजे
  • 1.1K
    SHARES
  • माओवादी जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन

    नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्।

    images

    पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।

    ‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं ।

    हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं ।’ सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् भन्दै उनले पारदर्शी बन्न निर्देशन दिए । ‘सोभियत रुसमा क्रान्तिपछि व्यक्तिको नाममा कसैको सम्पति थिएन ।

    नोकरशाहहरूले अर्कैको नाममा सम्पति राखे । त्यसैले व्यक्तिको नाममा दर्ता नहुनु मात्रै सम्पतिको मालिक नहुने भन्ने हुँदैन’ श्रेष्ठले भने, ‘त्यसैले जनप्रतिनिधि र उनका आफन्त कसैको नाममा सम्पति हुनुभएन ।

    आफ्नो जति सम्पति छ त्यति यथार्थ रुपमा देखाउनुपर्यो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology