Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मेयर बालेन साह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा

मेयर बालेन साह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • २०:१०:०९ बजे
  • 1.0K
    SHARES
  • मेयर बालेन साह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह बालुवाटार पुगेका छन् ।

    images

    बुधबार प्रधानमन्त्री निवास पुगेर साहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।

    मेयरमा निर्वाचित भएकोमा साहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।

    'साहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,' बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।

    काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology