Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ:नायिका मिरुना मगर

दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ:नायिका मिरुना मगर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०७९ बिहिवार • १०:०७:१६ बजे
  • 2.2K
    SHARES
  • दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ:नायिका मिरुना मगर

    नायिका मिरुना मगरले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् ।

    images

    ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै उनले भनेकी छन्– ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

    यतिबेला नेपाली चलचित्रको ईतिहासमा बेग्लै छाप बसाउन सफल चलचित्र कबड्डीको सिरिज ‘कबड्डी-४’ नेपाल सहित विभिन्न अन्तर्राष्ट्रिय देशका हलहरुमा प्रदर्शन भइरहेको छ ।

    अहिले यस फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । कबड्डी– ४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।

    तामाङ दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । अहिले उनीहरुबीच मिलापत्र भएको छ ।

    अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त गरेकी छन् । उनले लेखेकी छन्– ‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’

    m1.JPG

  • सम्बन्धित विषय:

  • # नायिका मिरुना मगर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology