Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पशुपतिमा बतास समूहको होटेल चलाउने बाटो बन्द

पशुपतिमा बतास समूहको होटेल चलाउने बाटो बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०७९ बिहिवार • १०:१९:०८ बजे
  • 832
    SHARES
  • पशुपतिमा बतास समूहको होटेल चलाउने बाटो बन्द

    बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न भनि दिइएको यसअघिको अन्तरकालीन आदेश बदर भएको छ।

    images

    बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले बतास समूह पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने भनि दिएको अन्तरकालीन आदेश बदर गरेको हो ।

    न्यायाधीश पोखरेलको इजलासले अन्तरकालीन आदेश बदर गरिदिएसँग बतास समूहको पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।

    गत चैत २५ गते अदालतले बतास समूहलाई पशुपति धर्मशालामा होटेल सञ्चाल गर्न पाउने भन्दै अन्तरकालीन आदेश दिएको थियो। तर, उक्त अन्तरकालीन आदेशविरूद्ध पशुपति क्षेत्र विकास कोषले मुद्धा दायर गरेको थियो ।

    न्यायाधीश पोखरेलको इजलासले उक्त मुद्धाको बुधबार सुनुवाइ गर्दै कोष र बतास समूहबीचको करार भंग भइसकेको र पुनः होटल सञ्चालन गर्न नपाउने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology