Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गठबन्धनलाई केही वर्ष निरन्तरता दिइन्छ : वर्षमान पुन

गठबन्धनलाई केही वर्ष निरन्तरता दिइन्छ : वर्षमान पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०७९ बिहिवार • १७:२१:४४ बजे
  • 1.3K
    SHARES
  • गठबन्धनलाई केही वर्ष निरन्तरता दिइन्छ : वर्षमान पुन

     नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धन अझै केही वर्ष टिक्ने बताएका छन् ।

    images

    पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा बिहीबार आयोजित प्रशिक्षणमा बोल्दै नेता पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताएक हुन् ।


    उनले भने, ‘अहिलेका गठबन्धन अझै केही वर्ष टिक्छ । गठबन्धन बनाउनुपर्ने परिस्थितिकै कारण अहिलेको गठबन्धन गरिएको थियो ।’

    बुधबार प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा दम्भ र अहंकार देखिएमा एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी दिएका थिए । सो क्रममा उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिइने समेत बताएका थिए ।

    माओवादीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई माओवादीले स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण दिएको हो । बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा दुई सय ४९ जना जनप्रतिनिधि सहभागी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology