Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बजेटप्रति अर्थमन्त्रीको आग्रह- अब कार्यान्वयनतर्फ अग्रसर होऔँ

बजेटप्रति अर्थमन्त्रीको आग्रह- अब कार्यान्वयनतर्फ अग्रसर होऔँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०७९ बिहिवार • २०:१८:३२ बजे
  • 814
    SHARES
  • बजेटप्रति अर्थमन्त्रीको आग्रह- अब कार्यान्वयनतर्फ अग्रसर होऔँ

    अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

    images

    आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा बिहीबार आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताए ।

    ‘बजेट निर्माणपूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तक्र्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ’, अर्थमन्त्रीले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु ।

    अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ ।’ अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए ।

    उनले भने, ‘बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्वकाङ्क्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ ।’ अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै सबैलाई अपनत्व महशुस हुनेगरी बजेट आएको बताए ।

    अर्थशास्त्री तथा नेपाल आर्थिक सङ्घका अध्यक्ष प्राडा विश्वम्भर प्याकु¥यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्यप्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए । ‘ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदन अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छ’, उनले भने, ‘योभन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकाले विशेष ध्यान दिनुपर्दछ ।’ अर्थविद् डा पोषराज पाण्डेले बजेट नीतिगत प्रष्टता र आशा मात्रै जगाउने खालको देखिएको बताए ।

    अर्थविद् प्राडा गोविन्द नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको बताए । गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसम्मलाई समेत खुसी तुल्याउने गरी बजेट आएको उनको भनाइ छ ।

    बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई सकारात्मक सोचका साथ बजेट ल्याएकामा सरकारलाई धन्यवाद दिए । उनले तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाले निर्यात प्रवद्र्धनभन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शंका उत्पन्न गराएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology