जयनगरबाट जनकपुर आउने क्रममा रहेको नेपाल रेल्वेमा आगलागी भएको छ । बिहीबार जयनगरबाट जनकपुरतर्फ आइरहेको रेलमा आगलागी भएको हो ।
रेलको एउटा डिब्बामा लुकाइएर ल्याइएको एसिडको भाँडो चुहिएपछि आगो लागेको प्रहरीले जनाएको छ । एक डब्बामा एक्कासि आगो भएपछि यात्रुहरु भागाभाग भएको थियो ।
नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरि नेपाल प्रहरीलाई जिम्मामा लगाएको छ । यता, धनुषा प्रहरीले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
जयनगर स्टेसनमा लागेको आगो नियन्त्रणमा लिई अहिले रेल जनकपुरधाममा आइसकेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।