Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले जस्तो कांग्रेसले दम्भ देखाउँदैन : कांग्रेस प्रवक्ता

एमाले जस्तो कांग्रेसले दम्भ देखाउँदैन : कांग्रेस प्रवक्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १२:३२:५८ बजे
  • 850
    SHARES
  • एमाले जस्तो कांग्रेसले दम्भ देखाउँदैन : कांग्रेस प्रवक्ता

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् ।

    images

    शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् ।

    केही दिनअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए । तर, यसलाई कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने प्रवक्ता महतोको भनाइ छ ।

    उनले भने, ‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ । नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन ।

    यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’ प्रवक्ता महतोले कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने बताए । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस प्रवक्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology