Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमान्‌ले सोधे -यौनसम्बन्ध बिना विवाह गरेको ८ वर्ष बित्यो, ‘अझै कति कुर्ने ?’

श्रीमान्‌ले सोधे -यौनसम्बन्ध बिना विवाह गरेको ८ वर्ष बित्यो, ‘अझै कति कुर्ने ?’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १७:३७:५३ बजे
  • 985
    SHARES
  • श्रीमान्‌ले सोधे -यौनसम्बन्ध बिना विवाह गरेको ८ वर्ष बित्यो, ‘अझै कति कुर्ने ?’

    उडिया फिल्मकी अभिनेत्री वर्षा प्रियदर्शिनी तथा उनका श्रीमान् बीजेडी सांसद अुनभव मेहन्तीको सम्बन्धविच्छेद यतिबेला चर्चामा छ । अनुभव अभिनेताबाट सांसद बनेका हुन् । सोसल मिडियामा पनि यी दुईको नीजि कहानी भाइरल भइरहेको छ ।

    images

    अनुभवका अनुसार विवाहको यत्तिका वर्ष बितिसक्दा पनि यी दुईबीच यौनसम्बन्ध स्थापित हुन सकेको छैन । श्रीमतीले उनलाई छुनसमेत नदिने उनले बताएका छन् । अनुभवले यो सबै कुरा सोसल मिडियामा पनि पोस्ट गरेका छन् ।

    सम्बन्धविच्छेलको यो मुद्दा यतिबेला उडिसा उच्च अदालतमा चलिरहेको छ । यस्तै, वर्षाले पनि आफ्ना श्रीमानमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छिन् । वर्षाले अनुभवका साथीहरु रक्सी पिउन घरमा आउने गरेको र यस्तो नगर्न भन्दा उनीमाथि कुटपिट हुने गरेको पनि आरोप लगाएकी छिन् ।

    यसका साथै वर्षाले अनुभवको अन्य महिलासँग पनि अफेयर भएको आरोप लगाएकी छिन् । त्यसपछि अनुभवले सेप्टेम्बर २०२० मा सम्बन्धविच्छेदका लागि दिल्लीमा एक याचिका दायर गरेका थिए जसको सुनुवाई हाल चलिरहेको छ ।

    २६ मे २०२२ मा अभिनेत्री वर्षाले उच्च अदालतमा एक याचिका दर्ता गरेकी थिइन् जसमा उनले अनुभवले उनीविरुद्ध कुनै पनि बयानबाजी वा भिडियो पोस्ट गर्न नपाउने माग गरिएको थियो ।

    उच्च अदालतले यो मामिलामा सुनुवाई गर्दै दुबैले कुनै पनि मञ्चमा एक–अर्काविरुद्ध बयान वा भिडियो पोस्ट नगर्न आदेश दिएको थियो । सम्बन्धविच्छेदको सुनुवाई कोर्टमा पूरा नभएसम्म यो आदेश लागू हुने पनि बताइयो । यसको अर्को सुनुवाई ४ जुलाईमा हुनेछ ।

    वास्तवमा एउटा भिडियोमा श्रीमानले भनेका थिए, ‘हाम्रो विवाह भएको यत्तिका वर्ष बितिसकेको छ तर हामीबीच सेक्स भएको छैन । अब तपाईंहरु नै भन्नुहोस् कि कोही श्रीमान्ले कति दिनसम्म कुर्ने ?’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology