Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

केपी ओली वाम नै नभएपछि वाम गठबन्धन हुँदैन : हरिबोल गजुरेल

केपी ओली वाम नै नभएपछि वाम गठबन्धन हुँदैन : हरिबोल गजुरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १८:३५:०९ बजे
  • 949
    SHARES
  • केपी ओली वाम नै नभएपछि वाम गठबन्धन हुँदैन : हरिबोल गजुरेल

    नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले यसअघि चुनावमा एमालेसँग वाम गठबन्धन गरेको स्मरण गर्दै त्यसमा टेकेर केपी शर्मा ओलीले पद, प्रतिष्ठा प्राप्त गरेको बताए । ‘उहाँले त्यो पुरा गर्नुभयो र भत्काउनुभयो ।

    images

    हामीले आगामी २०/३० वर्षलाई सोचेर एकता गरेका थियौं । त्यहीँबाट देशको आर्थिक समृद्धि र विकास गरेर समाजवादमा पुग्ने सपना देखेरै तालमेल गर्दै एकतामा गयौं,’ उनले भने, ‘त्यसलाई ओलीजीले सत्तामा पुग्ने भर्‍याङ बाहेक केही बनाउनु भएन ।

    एकपटक असफल भइसकेपछि फेरि वाम गठबन्धन बनाएर जाने भन्ने हुँदैन ।’ उनले यही पाँच दलीय गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने दाबी गरे ।

    चुनावपछिको सरकार पनि पाँच दलीय गठबन्धनकै हुने उनको भनाइ छ । ‘त्यसमा ढुक्क भए हुन्छ । ओलीले संविधान र लोकतन्त्रलाई भत्काउने, व्यवस्थालाई नै भत्काउने अनि वाम कसरी हुन्छ ?’

    उनले भने, ‘एमालेमा कम्युनिस्ट मात्रै होइन, सामान्य वाम चिन्तन समेत छैन । त्यसैले प्रतिगमनको यात्रा नसच्चिएसम्म वाम गठबन्धन हुने कुनै सम्भावना छैन ।’

  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology