Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्री आलेद्वारा ‘सर्वजीत’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा

मन्त्री आलेद्वारा ‘सर्वजीत’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७९ शनिवार • १२:०१:३९ बजे
  • 1.2K
    SHARES
  • मन्त्री आलेद्वारा ‘सर्वजीत’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा

    संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजीत’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको उक्त चलचित्रको दिनेश डीसीले निर्देशन गर्दैछन् ।

    चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको शुभमुहूर्त गरेका छन् ।

    जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्रमा एक करोड २५ लाख हुने अनुमानीत लागत रहने निर्माणपक्षले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology