Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको आलोचना गरेको भन्दै घनश्याम भूसाललाई कारवाही

ओलीको आलोचना गरेको भन्दै घनश्याम भूसाललाई कारवाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७९ शनिवार • २०:२४:४९ बजे
  • 1.0K
    SHARES
  • ओलीको आलोचना गरेको भन्दै घनश्याम भूसाललाई कारवाही

    नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।

    images

    अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो ।

    बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारवाहीको सिफारिस गरेको छ’, बडालले भने । स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए ।

    ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारवाही हुन्छ’, अध्यक्ष बडालले भने ।

    पार्टी विधान बमोजिम आवश्यक कारवाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology