Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीले प्रत्येक सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने

माओवादीले प्रत्येक सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • १७:२८:१० बजे
  • 829
    SHARES
  • माओवादीले प्रत्येक सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने

    नेकपा माओवादी केन्द्रले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने भएको छ ।

    images

    आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

    पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको छ ।

    बैठकपछि गजुरेलले भने– ‘केन्द्रीय कार्यालय विस्तारका लागि हरेक सदस्यबाट १०० रुपैयाँ उठाउने निर्णय भएको छ ।’

    उनले अखिल क्रान्तिकारीमा देखिएको विवाद छलपलमार्फत समाधान गर्ने निर्णय भएको पनि बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology