Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गैरसांसद शेरबहादुर कुँवर मन्त्री बन्दै

गैरसांसद शेरबहादुर कुँवर मन्त्री बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • २०:४८:४४ बजे
  • 454
    SHARES
  • गैरसांसद शेरबहादुर कुँवर मन्त्री बन्दै

    नेकपा एकीकृत समाजवादीबाट गैरसांसद शेरबहादुर कुँवर मन्त्री बन्ने भएका छन् ।

    images

    एकीकृत समाजवादीले आइतबार गरेको निर्णयअनुसार संघीय संसदको सदस्य नरहेका कुँवर मन्त्री बन्न लागेका हुन् । अछामका कुँवरलाई एकीकृत समाजवादीले श्रम तथा रोजगार मन्त्रीका रुपमा सिफारिस गरेको छ ।

    कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए ।

    गोलाबाट आफैले तानेको समयअनुसार उनी समय पूरा गर्दै बिदा भएका थिए । संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । 

    आगामी ६ महिना भित्र संघीय संसदको निर्वाचन हुने भएकाले कुँवरलाई समस्या नहुने देखिन्छ । तर, कुनै हालतमा संघीय निर्वाचन सर्यो भने मन्त्री रहिरहन कुँवरले अन्य कुनै उपाय खोजेर संसाद बन्नुपर्ने हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology