Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा

राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १५:३०:२५ बजे
  • 1.5K
    SHARES
  • राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा
    अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले  (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ ।
    प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो । विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय गरेको थियो ।
    गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएसँगै डा. खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिदै थियो । तर पदावधि सकिने दिन शनिबार परेकोले उहाँले आजै राजीनामा दिने तयारी गर्नु भएको हो ।
    उहाँले सरकारी निवास पनि आज नै छोड्ने तयारी गर्नु भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारा अवस्थमा पनि सरकारमा बसेर काम गरेको भन्दै मन्त्री खतिवडालाई धन्यबाद दिनुभएको छ । त्यस्तै, उहाँले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत समेत गर्नुभएको छ ।
    नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताउनुभएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology