Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

हलमा कार्यकर्ता कम भए पछि हुइँ…हुइँ शङ्ख घण्टा बजाउन ओलीले दिए निर्देशन

हलमा कार्यकर्ता कम भए पछि हुइँ…हुइँ शङ्ख घण्टा बजाउन ओलीले दिए निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • २०:५५:४१ बजे
  • 1.0K
    SHARES
  • हलमा कार्यकर्ता कम भए पछि हुइँ…हुइँ शङ्ख घण्टा बजाउन ओलीले दिए  निर्देशन

     आइतबार नेकपा एमालेको महिला संगठन ‘अखिल नेपाल महिला संघ’ले विश्व वातावरण दिवसको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरेको थियो ।

    images

    तुल्सीलाल स्मृति प्रतिष्ठानसमेत सहआयोजक रहेको कार्यक्रमको नाम ‘वृक्षरोपण र जागरण कार्यक्रम’ थियो ।

    पार्टी कार्यालयसमेत रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको एमालेको सहभाहलमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए । ३० जना जति सहभागी पनि थिए । १०० जनाभन्दा धेरै अट्ने हलको अधिकांश कुर्सी खाली देखिन्थे ।

    कार्यक्रममा ओलीले करिव दुईघण्टा वातावरणबारे भाषण गरे । अन्तिममा भने मान्छे कम भएको र हलमा धेरै इको भएको भन्दै ओलीले नमज्जाले कार्यकर्ता झपारे ।

    कार्यक्रमको अन्त्यतिर ओलीले सहभागीलाई सोधे:मैले बोलेको तपाईंहरुले सुन्न त सुन्नु भयो ? बुझियो ? इकोले धेरै डिस्टर्व गरेन ? राम्रो बुझिएन ? सहभागीले एकै स्वरमा भने. साउण्ड राम्रो भएन, राम्रो सुनिएन । त्यसपछि रिसाएका ओलीले भने


    यो हल नबनाएसम्म यहाँ गोष्टी सेमिनार नगर्नुस्, शङ्ख घण्टा बजाउनुस् यस हलमा । अरु के काम लाग्यो र ? मज्जाले शङ्ख घण्टा बजायोयो भने हुइँ…हुइँ गुञ्जिरहन्छ । यो पहिले बनाउनुस् त्यसपछि गोष्टी सेमिनार गर्नुस् ।

    निर्माण सम्पन्न नभएका कारण साउण्ड इको भएका कारण राम्रो नसुनिँदा ओली रिसाएका रहेछन् ।

    त्यो भन्दा थोरै अगाडि नै ओलीले कार्यकर्तालाई मार झापारेका थिए । हलमा कार्यकर्ता काम भएका कारण ओली बम्के । कार्यकर्ता कम सहभागी हुँदा कुर्सी खाली देखेका ओलीले आयोजकलाई प्रश्नै प्रश्न गरे ।

    त्यति मात्र होइन वातावरण जस्तो महत्वपूर्ण विषयमा आयोजना गरिएको कार्यक्रममा यति थोरै मान्छे ? कुर्सी खाली ? भन्दै ओलीले आश्चर्य प्रकट गर्दै प्रश्न गरे ।

    ओलीले भने:तपाईंहरुले यस्तो महत्वपूर्ण विषयमा गोष्टी आयोजना गर्दा महिलाहरु पनि यति मात्रै हुने ? वातावरणमा रुची भएका मान्छे पनि यति मात्रै हुने ? कुर्सी खाली भएको देख्दा अचम्म लाग्यो । अरुको फोक्सो छैन, श्वासै फेर्नु पर्दैन जस्तो ।

    कार्यक्रममा किन मान्छे कम आए भन्ने ओलीले भेउ नै पाउन सकेनन् ।

    त्यसपछि आयोजकलाई पुनः प्रश्नै प्रश्न गरे:आमन्त्रण गर्नु कञ्जुस्याइँ हो कि ?आफ्ना कुरा सुनाउन कञ्जुस्याइँ हो कि ?

    मान्छेको रुची हराएको हो कि तपाईंहरुको सक्रियतामा कमि भएको हो ?

    मैले बुझिन । यति सानो हल त मान्छे नआट्नु पर्ने हो । किन थोरै मान्छे हुनुभयो त्यो चै मैले बुझिन ।
    वातावरण जस्तो महत्वपूर्ण विषयामा खबर पाएर पनि कोही आएन भने चाहिँ कठैबरा भन्नु पर्छ त्यस्ता व्यक्तिहरुलाई ।

  • सम्बन्धित विषय:

  • # ओलीले दिए निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology