Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुको शपथ आजै

नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुको शपथ आजै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • १०:५२:१४ बजे
  • 1.0K
    SHARES
  • नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुको शपथ आजै

    नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुले आजै शपथ लिने भएका छन् ।

    images

    राष्ट्रपनि निवास निवास शीतल निवासमा हुने शपथ कार्यक्रमको समय भने सार्वजनिक भएको छैन । यद्यपि शपथ भने आजै हुने बताइएको छ ।

    आइतबार बसेको नेकपा (एस)को सचिवालय बैठकले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो ।

    नयाँ मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा यसअघिका राज्यमन्त्री भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गैर सांसद् शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी सिफारिस भएका छन् ।

    नेकपा एकीकृ समाजवादीले स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology