Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

उल्टो बाटो हिँड्दा नेकपा एमालेको झन् पराजय हुनसक्छ:रावल

उल्टो बाटो हिँड्दा नेकपा एमालेको झन् पराजय हुनसक्छ:रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • १३:४६:१९ बजे
  • 451
    SHARES
  • उल्टो बाटो हिँड्दा नेकपा एमालेको झन् पराजय हुनसक्छ:रावल

    नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् ।

    images

    नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि आगामी चुनाउ जित्नु पर्छ । कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ ।

    यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’ यसअघि योगेश भट्टराईले पनि भुसाललाई कारवाहीका लागि अनुशासन आयोगले गरेको कारबाहीलाई आवेश र उत्तेजनाको प्रतिक्रिया भनेका थिए । ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ ।

    आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन । फेरि पनि बादे बादे जायते तत्त्व बोध !’ सचिव भट्टराईले लेखेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology