Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • १३:५३:०५ बजे
  • 619
    SHARES
  • २०० रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

    images

    आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको भाउ २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ छ ।

    यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ छ । हिजो आइतबार ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ थियो ।

    गत साताको तुलनामा हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार १२ सय ९० रुपैयाँ प्रतितोला छ । जुन, हिजो आइतबार १२ सय ७५ रुपैयाँ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology