Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मल अभावले कृषकलाई सधैँ सास्ती

मल अभावले कृषकलाई सधैँ सास्ती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७९ मंगलवार • १२:३५:३७ बजे
  • 904
    SHARES
  • मल अभावले कृषकलाई सधैँ सास्ती

    धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।

    images

    मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”

    पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताए । “एक हजार पर्ने मललाई डुम्रेमा पुगेर ल्याउँदा तेब्बर तिर्नुप¥यो”, उनले भने, “वर्षेनी मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उनले असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका छन् ।

    अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उनले बताए । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु,” उनले थपे । मल खरिद गर्न तीन÷चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गरे ।

    “चाहिएको जति मल कहिल्यै पाइएन” उनले भने, “कृषकको समस्या कहिल्यै समाधान हुने भएन ।” धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् ।

    शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताए । “तर सधैँ मल अभाव भइरहन्छ, कृषकलाई एकदमै सास्ती छ, मल खोज्दै भौतारिनुपर्ने अवस्था छ,” उनले भने ।

    शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताए । “सरकारले किसानको आवश्यकता पूर्ति गर्न सकेको छैन, रोप्ने बेला मल पाइँदैन,” उनले भने, “कृषिमै केही गरौं भन्यो मलकै अभावले झन् चिन्ता थपिन्छ ।”

    कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology