Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंमा चार आनाभन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने

काठमाडौंमा चार आनाभन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • ०९:४९:१५ बजे
  • 757
    SHARES
  • काठमाडौंमा चार आनाभन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने

    काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात घर बनाउनका लागि अब चार आना (१३० वर्गमिटर) भन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ ।

    images

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो ।

    यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ । तर आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ ।

    यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने जनाइएको छ । त्यस्तै ५०० वर्गमिटर भन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

    कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन ।

    काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटर भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने सो नियमावलीमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology