Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

फोहर व्यवस्थापन गर्ने, एमालेका सांसद्को सरकारलाई ध्यानाकर्षण

फोहर व्यवस्थापन गर्ने, एमालेका सांसद्को सरकारलाई ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • १३:५७:४५ बजे
  • 982
    SHARES
  • फोहर व्यवस्थापन गर्ने,  एमालेका सांसद्को सरकारलाई ध्यानाकर्षण

    नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले सिसडोलबासीको मागप्रति गम्भीर हुँदै काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    प्रतिनिधिसभा बैठकको बुधबारको बैठकमा श्रेष्ठले लामो समय फोहरको समस्या समाधान नहुँदा काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको भन्दै बलप्रयोग गरेर नभई वार्ता र सहमतिमार्फत नै फोहर व्यवस्थापन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    उनले अब धेरै दिन काठमाडौंवासीले सहन नसक्ने भन्दै तत्कालै फोहोरको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो । श्रेष्ठले फोहर व्यस्थापनका बिषयमा सम्बन्धीत मन्त्रीले जवाफ दिनुपर्ने र यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।

    काठमाडौं महानगरमा प्रतिनिधि छनौटसम्म फोहर व्यवस्थापनमा धैर्य राख्ने जनताप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताए । तर निर्वाचनको परिणाम आइसकेपछि पनि फोहर व्यवस्थापन नहुनु दुखद भएको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # सरकारलाई ध्यानाकर्षण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology