Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सरकारले ल्याएको किसान पेन्सन योजना नक्कली हो:योगेश भट्टराई

सरकारले ल्याएको किसान पेन्सन योजना नक्कली हो:योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • १४:०५:३८ बजे
  • 649
    SHARES
  • सरकारले ल्याएको किसान पेन्सन योजना नक्कली हो:योगेश भट्टराई

    नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ल्याएको किसान पेन्सन योजनाको विरोध गरेका छन् ।

    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले उक्त योजना नक्कली भएको दावी गरे ।

    उनले यो योजना नक्कली किसान पोस्न ल्याइएको बताउँदै भने, ‘किसान पेन्सन योजना बाघ र बाख्रालाई एउटै खोरमा थुनेजस्तै हो । बाघ र बाख्रालाई एउटै खोरमा थुनेपछि के हुन्छ हामी सबैलाई जानकारी छ ।’

    उनले योजनाबाट वास्तविक किसानभन्दा पनि जमिन्दारहरूलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।

    ‘जमिन्दारले खातामा २ करोड जम्मा गर्छ । र, सरकारले त्यसमा १० प्रतिशत अर्थात २० लाख जम्मा गरिदिन्छ’ भट्टराईले भने, ‘त्यसैले यो योजना नक्कली किसान पोस्न ल्याइएको योजना हो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology