Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पब्जी खेल्न नदिएको झोकमा आमाको हत्या

पब्जी खेल्न नदिएको झोकमा आमाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • १८:०५:४७ बजे
  • 1.3K
    SHARES
  • पब्जी खेल्न नदिएको झोकमा आमाको हत्या

    एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी हत्या गरेका हुन् ।

    images

    आमाको हत्याको तीन दिनपछि ती किशोरले बुबालाई फोनमार्फत जानकारी दिएका थिए । भास्कर अनलाइनका अनुसार उनका बुवा नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन् ।

    नवीन पश्चिम बंगालमा कार्यरत थिए । उनले शनिबार नै आमाको हत्या गरेपनि त्यो बारे मंगलबार मात्रै बुबालाई जानकारी दिएका थिए । उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए । त्यसपछि नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेका थिए । प्रहरीका अनुसार नवीनका छोरालाई पब्जी खेल्ने लत लागेको थियो ।

    नवीनकी श्रीमती साधनाले मोबाइलमा नखेल्न रोक्थिन् । शनिवार राति पनि साधनाले आफ्नो छोरालाई नखेल्न भनेकी थिइन् । त्यसपछि उनी रिसाए । राति साधना निदाइरहेको बेला ती किशोरले बुवाको पेस्तोल निकालेर आमालाई प्रहार गरेको प्रहरीले जनाएको छ ।

    त्यसपछि उनले आफ्नी १० वर्षीया बहिनीलाई पनि धम्क्याएर एउटा कोठामा बन्द गरिदिइन् । प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन् ।

    शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ ।

    ती किशोर नाबालक भएकाले नाम भने खुलाइएको छैन । भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो । तर भारतमा पब्जी खेल्न रोकिएको छैन ।

  • सम्बन्धित विषय:

  • # आमाको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology