Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दैनिक साढे सात करोडको विद्युत् भारत निर्यात

दैनिक साढे सात करोडको विद्युत् भारत निर्यात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७९ बिहिवार • १०:०८:२६ बजे
  • 1.0K
    SHARES
  • दैनिक साढे सात करोडको विद्युत् भारत निर्यात

    नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न सुरु गरेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको हो ।

    images

    नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ ।

    गएराति १२ बजेदेखि राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ ।

    प्राधिकरणले आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने जनाएको छ ।

    इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ । डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ ।

    भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९ रुपैयाँ २० पैसासम्म र न्यूनतम छ रुपैयाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट विद्युत् पनि निर्यातका लागि प्रक्रिया सुरु भएको छ ।

    पानी पर्ने क्रम बढेकोले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा धेरै विद्युत् उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology